Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार सहमतिअनुसार गठन भइसकेको अवस्थामा राष्ट्रपति मात्र एमालेको नहुने भन्ने हुँदैन : सुरेन्द्र पाण्डे

सरकार सहमतिअनुसार गठन भइसकेको अवस्थामा राष्ट्रपति मात्र एमालेको नहुने भन्ने हुँदैन : सुरेन्द्र पाण्डे

  • बिहिवार, माघ १९ २०७९

  • 490
    SHARES

  • सरकार सहमतिअनुसार गठन भइसकेको अवस्थामा राष्ट्रपति मात्र एमालेको नहुने भन्ने हुँदैन : सुरेन्द्र पाण्डे
    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धन दलहरूले सघाउने विश्वास व्यक्त गरेका छन् ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा  पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले  पुरानो गठबन्धन भत्केर नयाँ बन्दाको सहमति अनुसार राष्ट्रपति एमालेले पाउने बताउनुभयो । प्रधानमन्त्री, सभामुख, उपसभामुख, प्रदेश सरकार गठन लगायत सबै कुरा सहमतिअनुसार भइसकेको अवस्थामा राष्ट्रपति मात्र एमालेको हुँदैन भन्ने नहुने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, पहिले एमालेको उम्मेदवार हुन्छ, राष्ट्रपति भएपछि एमालेको मात्र हुँदैन साझा हुन्छ,।’
     
    रवि लामिछानेलाई गृहमन्त्री बनाउने वा नबनाउने प्रधानमन्त्रीको क्षेत्राधिकार भएको पनि उहाँले औंल्याउनुभयो । उहाँले रविजीलाई गृहमा ल्याउने वा नल्याउने भन्ने विषयमा एमाले पार्टीभित्र कुनै छलफल नभएको बताउनुभयो । 
     
    गठबन्धनमा कुनै समस्या भए समाधान प्रधानमन्त्रीले नै खोज्नुपर्ने पनि पाण्डेले बताउनुभयो । पूर्वअर्थमन्त्री समेत रहनुभएका पाण्डेले छिमेकी देश भारतको बजेटमा नेपाललाई दिने सहयोगमा २ अर्ब कटौती हुनु सुखद नभएको टिप्पणी गर्नुभयो । पाण्डेले दातृ देशले अनुदान घटाएको र दिन्छु भनेको अनुदान समेत नदिएको पनि औंल्याउनुभयो । 
     


    बिहिवार, माघ १९ २०७९०९:३६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij