Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ लाख ३९ हजारभन्दा बढी

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ लाख ३९ हजारभन्दा बढी

  • बुधवार, भाद्र ३१ २०७७

  • 1.5K
    SHARES

  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ लाख ३९ हजारभन्दा बढी

    एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ९ लाख ३९ हजार ९६७ जनाको मृत्यु भएको छ भने २ करोड १५ लाख ६६ हजार ४६८ जना निको भएका छन् ।

    त्यस्तै हालसम्म कुल संक्रमितको संख्या २ करोड ९७ लाख ६५ हजार ६६६ पुगेको छ । कोरोनाबाट सबैभन्दा धेरै अमेरिका बढी प्रभावित बनेको छ । अमेरिकामा हालसम्म ६७ लाख ८८ हजार ४७१ संक्रमित छन् ।

    त्यसमध्ये ४० लाख ६८ हजार ७०४ जनाले स्वास्थ्य लाभ लिएका छन् भने २ लाख १९७ जनाको मृत्यु भएको छ ।

    यसैगरी, कोरोनाबाट विश्वमा दोस्रो बढी प्रभावित मुलुक भारतमा ५० लाख २५ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ८२ हजार १२४ को मृत्यु भएको छ भने ३९ लाख ४२ हजार ३६० जना निको भएका छन् ।

    तेस्रो प्रभावित मुलुक ब्राजिलमा ४३ लाख ८४ हजार २९९ जना संक्रमित हुँदा एक लाख ३३ हजार २०७ को ३६ लाख ७१ हजार १२८ निको भएर घर फर्किएका छन् ।

    यसैबीच, भारतमा राजस्थान राज्यको कोटा जिल्लाको इटावा क्षेत्रमा रहेको चम्बल नदीमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ ।


    बुधवार, भाद्र ३१ २०७७०६:४३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij