एजेन्सी। इङ्ल्याण्ड र अष्ट्रेलिया बीचको ३ खेलको एकदिवसीय सिरिज अन्तर्गत तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलिया विजयी भएको छ। अष्ट्रेलियाले घरेलु टोली इङ्ल्याण्डमाथि ३ विकेटको जित हात पारेको हो।
गएराति म्यानचेस्टरस्थित इमिरेट् वल्ड ट्राफोर्ट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको इङ्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३०२ रनको योगफल तयार पारेको थियो।
३०३ रनको लक्ष्य अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो। अष्ट्रेलियका लागि ग्लेन म्याक्सवेल तथा एलेक्स केरीले शतकीय पारी खेल्दा डेविड वार्नरले २४ रनको योगदान दिए।