Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माघ २७ मा राष्ट्रपतिले संसद्मा विशेष सम्बोधन गर्ने

माघ २७ मा राष्ट्रपतिले संसद्मा विशेष सम्बोधन गर्ने

  • सोमवार, माघ २३ २०७९

  • 676
    SHARES

  • माघ २७ मा राष्ट्रपतिले संसद्मा विशेष सम्बोधन गर्ने
    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई विशेष सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुवै संसद्लाई संयुक्त रुपमा विशेष सम्बोधन गर्नुहुने भएको हो । उहाँको उक्त सम्बोधनलाई बिदाइ सम्बोधनका रुपमा हेरिएको छ ।
     
    निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाइ सम्बोधन भनिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुहुने छ । 


    सोमवार, माघ २३ २०७९०९:१५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij