Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गरेपछि चार बैंक कारबाहीमा

सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गरेपछि चार बैंक कारबाहीमा

  • बुधवार, माघ २५ २०७९

  • 512
    SHARES

  • सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गरेपछि चार बैंक कारबाहीमा
    काठमाडौं । सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले चार वटा बैंकलाई जरिवाना तिराएको छ। 
     
    राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बैंक अफ काठमाण्डू र प्राइम कमर्सियल बैंकलाई प्रतिबैंक ५० लाख रूपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। 
     
    राष्ट्र बैंकको अनुगमनमा उनीहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको पाइएपछि जरिवाना गरिएको हो।
     
    यस्तै, राष्ट्र बैंकले विभिन्न ६  बैंकलाई ‘अन्य कारबाही’ गरेको छ। यसरी कारबाही पर्नेमा माछापुच्छ्रे, सानिमा, तत्कालीन इन्भेष्टमेन्ट, सिभिल, नबिल र प्रभु बैंक रहेका छन्।  प्रभु र माछापुच्छ्रे बैंक राष्ट्र बैंकको दोहोरो कारबाहीमा परेका छन्। 


    बुधवार, माघ २५ २०७९०५:०१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij