Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भवानीप्रसाद पौडेलको अध्यक्षतामा डोरीतानको तदर्थ समिति गठन

भवानीप्रसाद पौडेलको अध्यक्षतामा डोरीतानको तदर्थ समिति गठन

  • बुधवार, माघ २५ २०७९

  • 535
    SHARES

  • भवानीप्रसाद पौडेलको अध्यक्षतामा डोरीतानको तदर्थ समिति गठन
    काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नेपाल डोरीतान संघ केन्द्रीय कार्य समितिको तदर्थ समिति मंगलबार गठन गरेको छ।
     
    पौडेलको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्य समिति गठन गरिएको राखेपले जानकारी दिएको छ।
     
    उपाध्यक्षमा सूर्यबहादुर भट्टराई, सुवास पोखरेल, भुवनलाल श्रेष्ठ, राजकुमार आचार्य र केशवराज गौतम, महासचिवमा शैलेज नेपाल, सचिवमा विमल पौडेल र कोषाध्यक्षमा शिव शैंजु रहेका छन्। सदस्यमा मिनराज बेलवासे, अभिलाषा पन्थ, केशव ओली र सुनिता थापा छन्।
     
    उनीहरूलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्लले मंगलबारै पत्र हस्तान्तरण गरे।


    बुधवार, माघ २५ २०७९०८:३४:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij