काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । शुक्रबार(आज) प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुग्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।