Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

चितवनमा चाँडै निर्वाचन हुनुपर्ने रास्वपाका सभापति लामिछानेको माग

चितवनमा चाँडै निर्वाचन हुनुपर्ने रास्वपाका सभापति लामिछानेको माग

  • आइतवार, माघ २९ २०७९

  • 412
    SHARES

  • चितवनमा चाँडै निर्वाचन हुनुपर्ने रास्वपाका सभापति लामिछानेको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गर्नुभएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले चिर्वाचनको मिति चाँडो तोक्नुपर्ने माग गर्नुभएको हो ।

    लामिछानेले भन्नुभयो, ‘मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु, प्रधानमन्त्रीले यसबारे निर्वाचन आयोगसँग कुराकानी भइरहेको जानकारी दिनुभएको छ’ । उहाँका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पूर्व सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ ।

    नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वोच्च अदालतले चितवन–२ वाट विजयी लामिछानेको सांसद पद अस्वीकृत गरेको थियो । उक्त फैसलापछि चितवन–२ सांसदविहीन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिए पछि फेरी निर्वाचन लड्ने मनस्थितिमा छन् ।

     


    आइतवार, माघ २९ २०७९०१:५४:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij