Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनयुद्ध दिवस परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवस हो : प्रधानमन्त्री प्रचण्ड

जनयुद्ध दिवस परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवस हो : प्रधानमन्त्री प्रचण्ड

  • सोमवार, फाल्गुण १ २०७९

  • 584
    SHARES

  • जनयुद्ध दिवस परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवस हो : प्रधानमन्त्री प्रचण्ड
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली रहेको बताउनुभएको छ । जनयुद्धको २८ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताउनुभएको हो।
     
    उहाँले भन्नुभएको छ, ‘नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवस हो। यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक बिदा दिने निर्णय गरेको छ। तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु।’
     
    प्रधानमन्त्री प्रचण्डले नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको बताउँदै साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देश प्रेम एवम् राष्ट्रियता प्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको जिकिर गर्नुभएको छ । वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको उहाँको भनाई छ । 
     
    उहाँले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ। त्यस्तै घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना पनि गर्नुभएको छ ।
     
    उहाँले देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको स्मरण गराउनुभएको छ। उहाँले सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीहरूलाई अवसरमा बदल्न सम्पूर्ण नेपालीमा सकारात्मक ऊर्जा र प्रेरणा पैदा होस् भन्ने कामनासमेत गर्नुभएको छ । २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरू गरिएको थियो ।
     
    prchanda suvakamana.jpg


    सोमवार, फाल्गुण १ २०७९०६:३५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij