Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक बिदा भए पनि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदा भए पनि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न राष्ट्र बैंकको निर्देशन

  • सोमवार, फाल्गुण १ २०७९

  • 690
    SHARES

  • सार्वजनिक बिदा भए पनि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्था खुला राख्न राष्ट्र बैंकको निर्देशन
    काठमाडौं । सरकारले आज ‘जनयुद्ध’ दिवसका अवसरमा सार्वजनिक बिदा दिए पनि बैंकहरू भने खुल्ने भएका छन्। 
     
    नेपाल राष्ट्र बैंकले आइतबार साँझ एक सूचना जारी गर्दै दिउँसो साढे १ बजेसम्म बैंकका अत्यावश्यकीय विभागहरू खुला राख्न निर्देशन दिएको हो। 
     
    सरकारले आइतबार मन्त्रिपरिषद् बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ।
     
    राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ।
     
    राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।


    सोमवार, फाल्गुण १ २०७९०६:५६:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij