Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

  • सोमवार, फाल्गुण १ २०७९

  • 412
    SHARES

  • रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दल र केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
     
    दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल हुने एक नेताले जानकारी दिनुभयो । सम्भवतः यही बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ ।
     
    यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट पदबाट निलम्बित हुने फैसला गरेपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
     
    निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।


    सोमवार, फाल्गुण १ २०७९०९:५७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij