Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल विद्यार्थी संघ डोल्पाको अध्यक्षमा मिलन बुढाथोकी मनोनीत 

नेपाल विद्यार्थी संघ डोल्पाको अध्यक्षमा मिलन बुढाथोकी मनोनीत 

  • बुधवार, फाल्गुण ३ २०७९

  • 1.0K
    SHARES

  • नेपाल विद्यार्थी संघ डोल्पाको अध्यक्षमा मिलन बुढाथोकी मनोनीत 
    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को डोल्पा जिल्ला अध्यक्षमा मिलन बुढाथोकी मनोनीत भएका छन्। 
     
    नेविसंघ केन्द्रीय कार्यालयले तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी विधान—२०२७ को छैटौं संशोधन २०७५ बमोजिम बुढाथोकीलाई जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको हो।
     
    १४ औ महाधिवेशनमा थोरै मतले महाधिवेशन प्रतिनिधिमा पराजित भएका बुढाथोकी नेपाल विद्यार्थी संघ डोल्पा काठमाडौं सम्पर्क समितिको कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए।
     
    गदुल्ला २ काईगाउँ स्थायी घर भएका बुढाथोकी विगत ५ वर्षदेखि नेविसंघको सक्रिय राजनीतिमा छन्। बुढाथोकी रत्न राज्य लक्ष्मी(आर.आर.) क्याम्पसका सहसचिव समेत छन्।
     
    331078895_3521251588107445_6078969929716836589_n.jpg
     


    बुधवार, फाल्गुण ३ २०७९०४:४९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij