Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

खानेपानी मन्त्रालयको टोल फ्री नम्बर सार्वजनिक, ११७१ मा फोन गरेर गुनासो सुनाउन पाइने

खानेपानी मन्त्रालयको टोल फ्री नम्बर सार्वजनिक, ११७१ मा फोन गरेर गुनासो सुनाउन पाइने

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 1.2K
    SHARES

  • खानेपानी मन्त्रालयको टोल फ्री नम्बर सार्वजनिक, ११७१ मा फोन गरेर गुनासो सुनाउन पाइने
    काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले गुनासो सुनाउने टोल फ्री नम्बर सार्वजनिक गर्नुभएको छ। बिहीबार(आज) खानेपानी मन्त्रालयमा गरिएको एक कार्यक्रममा उहाँले गुनासो सुनुवाइ इकाईको स्थापना गरेको जानकारी गराउनुभएको छ ।  सो अवसरमा बोल्दै मन्त्री खानले मन्त्रालय र सो अन्तर्गत रहेका खानेपानी सम्बद्ध कार्यालयको सेवा प्रवाहको बारेमा तथा खानेपानी समस्याका बारेमा टोल फ्री नम्बर फोन गरेर गुनासो टिपाउन सकिने जानकारी दिनुभयो । 
     
    जनताका गुनासो लिन कार्यालय समयमा ४ जना कर्मचारी खटिने र कार्यालय बन्द भएपछि फोन गरेर गुनासो रेकर्ड गराउन सकिने जानकारी दिनुभयो ।  मन्त्री खानले जनताबाट आएको गुनासो सम्बोधनका लागि गुनासो अनुसारका कार्यालयले समाधानका लागि ध्यानाकर्षण गर्ने बताउनुभयो ।  यस्तै उहाँले सिंहदरबारभित्र अब पूर्ण रूपमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइनबाट आएको पानी प्रयोग गर्नुपर्ने बताउनुभयो । सिंहदरबारभित्र पूर्ण रूपमा बोतल र जारको पानी निषेध गर्न लागेको बताउँदै पानीको पाइप नपुगेको मन्त्रालयमा सिंहदरबारभित्रै जारमा पानी भरेर लैजाने व्यवस्था गर्न लागेको बताउनुभयो । 
     
    उहाँले सिंहदरबार आएका बेला प्रधानमन्त्रीले पनि मेलम्चीको पानी पिउनुपर्ने बताउँदै आफूले प्रधानमन्त्रीलाई मेलम्चीको पानी पिलाएर सिंहदरबारभित्र सबैलाई सो पानी प्रयोग गर्न प्रेरित गर्न लागेको बताउनुभयो।  यस्तै काठमाडौँका सार्वजनिक स्थल, एयरपोर्ट, बसपार्क लगाएका स्थानमा सेन्सर जडित सार्वजनिक धारा राख्ने योजना अघि सारेको उल्लेख गर्नुभयो । 
    आफू मन्त्री भएपछि पहिलो उद्देश्यका रूपमा सिंहदरबारभित्र जार र बोतलको पानी निषेध गर्ने लक्ष्य राखेकोमा सो पूरा भएको बताउँदै अब सार्वजनिक धारा राख्ने दोस्रो उद्देश्य रहेको बताउनुभयो । तेस्रो उद्देश्यका रूपमा नेपालभरि नै खानेपानी सर्वसुलभ रूपमा पुर्‍याउने र चौथो उद्देश्यको रूपमा नेपालको पानी खाडी राष्ट्रहरू साउदी अरब, दुबई, कतार देशमा कसरी निर्यात गर्न सकिन्छ त्यसबारेमा काम गर्न लागिपरेको बताउनुभयो। 
     
    यस्तै मन्त्री खानले दूषित खानेपानीका कारण ८० प्रतिशत रोग लाग्ने भन्दै स्वास्थ्य मन्त्रालयलाई भन्दा खानेपानी मन्त्रालयलाई धेरै बजेट दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।  


    बिहिवार, फाल्गुण ४ २०७९०३:२३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij