Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु‚ २३ घाइते

नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु‚ २३ घाइते

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 530
    SHARES

  • नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु‚ २३ घाइते

    काठमाडौं । नुवाकोटमा आज भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताउनुभयो ।

    दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको डीएसपी खगेन्द्र खड्काले बताउनुभयो ।

    मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, का ७८ वर्षीय रामप्रसाद अर्याल र एक जना महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । उहाँका अनुसार बस सडकबाट २० फिट तल खसेको छ ।


    बिहिवार, फाल्गुण ४ २०७९०६:०६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij