Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डले खोज्दै आएपछि एमालेले सहयोग गरेको हो : योगेश भट्टराई

प्रचण्डले खोज्दै आएपछि एमालेले सहयोग गरेको हो : योगेश भट्टराई

  • शनिवार, फाल्गुण ६ २०७९

  • 426
    SHARES

  • प्रचण्डले खोज्दै आएपछि एमालेले सहयोग गरेको हो : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावी गठबन्धन एमालेको कारण नभएर आफ्नै कारणले टुटेको बताउनुभएको छ।

    प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको उहाँले बताउनुभयो । एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताउनुभयो ।

    शनिबार वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सहमतिकै आधारमा अघि बढ्ने बताउनुभयो । पार्टी सन्दर्भमा बोल्दै भट्टराईले एमाले पार्टीलाई बलियो बनाउनु र एमालेलाई जमिनतिर फर्काउनु लागिरहेको बताउनुभयो । त्यही उद्देश्यसहित अबको दुई महिना पार्टीको ठुलो पंति ग्रासरुटमा खटिएको छ।

    ‘हामी हरेक घरमा पुग्ने र जनताको वास्तविक अवस्थाका बारेमा बुझ्ने प्रयास रहन्छ’ उहाँले भन्नुभयो, ‘अहिले पाएको जनमत भन्दा राम्रो नतिजा ल्याउनेगरि अग्रसर हुनेछ।’ उहाँले अब एमालेलाई जवान पार्टी बनाउनतर्फ लागिएको बताउनुभयो ।

    एमालेले थालेको दुई महिने पार्टी सुदृढीकरण अभियानलाई प्राथमिकता दिइएको छ ।


    शनिवार, फाल्गुण ६ २०७९०२:४३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij