Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा एकैदिन दुई हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा कति?

नेपालमा एकैदिन दुई हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा कति?

  • शुक्रवार, आश्विन २ २०७७

  • 1.1K
    SHARES

  • नेपालमा एकैदिन दुई हजार भन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा कति?

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    यो एकै दिन कोरोना संक्रमण पुष्टि हुने अहिलेसम्मकै उच्च संख्या हो ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५७३ पुगेको छ।

    मन्त्रालयका अनुसार शुक्रबार ८७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ।

    हाल देशभर १७ हजार ३ सय ८३ जना कोरोना संक्रमित छन्। क्वारेन्टिनमा रहेकाहरुको संख्या ७ हजार ७ सय ३६ रहेको छ।

    संक्रमितमध्ये १७३ आइसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन्।

    काठमाडौँ उपत्यकामा शुक्रबार थप ८५९ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो।

     


    शुक्रवार, आश्विन २ २०७७०४:३३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij