Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेबाट राष्ट्रपति को ? ओलीको संकेत आयो...

एमालेबाट राष्ट्रपति को ? ओलीको संकेत आयो...

  • आइतवार, फाल्गुण ७ २०७९

  • 821
    SHARES

  • एमालेबाट राष्ट्रपति को ? ओलीको संकेत आयो...

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताउनुभएको छ ।

    विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताउनुभएको हो ।

    त्यस्तै, ओलीले राष्ट्रपति निर्वचनलाई लिएर अहिलेको सत्ता समीकरण नबद्लिने बताउनुभएको छ ।

    ओलीले सहमतिमै राष्ट्रपति निर्वाचन हुने दाबी गर्नुभयो । एमालेबाट सुवास नेम्बाङ, अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेल राष्ट्रपतिको चर्चामा रहेका छन् ।


    आइतवार, फाल्गुण ७ २०७९०५:५४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij