Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकले १३ अर्ब बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने

राष्ट्र बैंकले १३ अर्ब बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने

  • सोमवार, फाल्गुण ८ २०७९

  • 394
    SHARES

  • राष्ट्र बैंकले १३ अर्ब बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने
    काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल दिउँसो ३ बजेबाट सुरू गर्न लागेको हो ।
     
    यसअघि नै जारी सूचनाअनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी बिक्री गर्न लागिएको हो । कुल ट्रेजरीमध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैंकले जनाइसकेको छ ।
     
    खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।
     


    सोमवार, फाल्गुण ८ २०७९०७:१६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij