काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको जारी त्रिकोणीय सिरिजमा आज सोमबार एक खेल हुँदैछ । आजको खेलमा स्कटल्याण्ड र नामिबिया खेल्दैछन् । खेल बिहान ९ बजेबाट टियु मैदान कीर्तिपुर मा हुँदैछ ।
नामिबिया नेपाल सिरिजको अन्तिम खेलमा जित सहित समाप्त गर्न चाहन्छ । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग,दोस्रो खेलमा स्कटल्याण्डसँग तथा तेस्रो खेलमा घरेलु टोलीसँग नै पराजित भएको थियो । स्कटल्याण्डको भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित निकाल्न चाहन्छ ।
नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला पाँच एकदिवसीय अन्तराष्ट्रिय खेलमा चार खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।
सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्डले गत बुधबार नामिबियासँगको जितसँगै ३ खेल अगावै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।