Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन बन्द गरिने

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन बन्द गरिने

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 526
    SHARES

  • कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, भोलिदेखि कृत्रिम अक्सिजन बन्द गरिने

    काठमाडौं । एलपीजी ग्यास सिलिन्डरको विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ ।

    नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा भइरहेको छ ।
    उहाँलाई आज राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिने र भोलिसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभएको छ ।

    नेसनल बर्न सेन्टरका डा सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई ‘ईटी ट्युब’मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनि कम हुँदै गएको उहाँले जानकारी दिनुभयो।

    नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनक रुपमा पलाएको तर हातहरूमा अलिअलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने, अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने चिकित्सकले जनाएका छन् ।

    उहाँलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि सायद आईबीसीयू (इन्टेन्सिभ बर्न केयर युनिट)बाट बाहिर निकाल्न सकिने चिकित्सकले बताएको कँडेलले जानकारी दिनुभएको छ ।

    यही फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डरको बिस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो ।

    घटनालगत्तै उनीहरू दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

    नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि गत बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५-३० प्रतिशत जलन भएको थियो । 


    मंगलवार, फाल्गुण ९ २०७९०७:४५:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij