Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विदेशी चलखेल बढ्नुमा राजनीतिक दल नै दोषी : थापा

विदेशी चलखेल बढ्नुमा राजनीतिक दल नै दोषी : थापा

  • बुधवार, फाल्गुण १० २०७९

  • 509
    SHARES

  • विदेशी चलखेल बढ्नुमा राजनीतिक दल नै दोषी : थापा

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने बताउनु भएको छ ।

    रुपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाबारे पुनर्विचार तथा विकल्पमा बहस हुनुपर्ने बताउनु भएको हो ।

    पूर्व उपप्रधानमन्त्री थापाले राष्ट्रपतिले विगतमा स्वार्थ देखाएकाले दलहरूबीच खिचातानी बढेको भन्दै उनले अबको राष्ट्रपतिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने समेत बताउनुभएको छ ।

    उनले अहिलेका राजनीतिक दलहरूमा अराजनीतिक, मर्यादाहीन र फोहोरी प्रवृत्ति देखिएको बताए । ‘राजनीतिक दलहरूको अस्थीरताको कारणले देशको एकता र संविधान नै धरापमा परेको छ,’ थापाले भन्नुभयो ।


    बुधवार, फाल्गुण १० २०७९०१:३७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij