Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजबाट आईपीएल शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

आजबाट आईपीएल शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

  • शनिवार, आश्विन ३ २०७७

  • 1.4K
    SHARES

  • आजबाट आईपीएल शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने

    एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। यस सिजनको आईपीएल उद्घाटनको खेल मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच लागेको हो।

    खेल अबुधाबीस्थित शेख जायद रंगशालामा नेपाली समयअनुसार बेलुकी ७: ४५ बजे सुरु हुनेछ।यस सिजनको आईपीएल कोरोना महामारीका कारण मिति सर्दै आएर अन्ततः युएईमा सुरु हुन लागेका हो।

    आईपीएलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार तेस्रो सिजन खेल्न लागेका छन्। उनी दिल्ली क्यापिटल्सबाट खेल्न लागेका हुन्। दिल्लीले उनलाई तिन सिजनका लागि ३२ लाखमा अनुबन्ध गरेको थियो।

    विश्वका चर्चित लिगहरू खेलिसकेका सन्दीप भर्खरै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर आईपीएलका लागि सीधै युएई पुगेका हुन्। उनी आबद्ध दिल्लीले आइतबार किङ्स इलाभेन पञ्जाबसँग यस सिजनको पहिलो खेल खेल्नेछ।

     


    शनिवार, आश्विन ३ २०७७०६:५६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij