काठमाडौं । सम्पत्ति सुदृढीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक तथा वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने सम्बन्धी विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बुधबार(आज) बसेको प्रतिनिधिसभाको बैठकमा कानुन न्याय तथा संसदीय मन्त्री ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको सो विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूका लागि ७२ घण्टाको समय दिइएको छ ।
विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै मन्त्री प्रधानले २७५ जना सांसदको आँखा छलेर विधेयकमा अन्यथा होला भनेर सोच्न आवश्यक नरहेको बताउनुभयो । उहाँले विधेयक ल्याउनुको आशय सकारात्मक रहेको बताउँदै पहिलेको संसद्ले अघि बढाएको विधेयक फेरि ल्याइएको स्मरण गराउनुभएको थियो । मुलुकको अवस्था अनुसार सो विधेयकलाई फास्ट ट्र्याकमा लानुपर्ने अवस्था रहेको बताउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ बजे दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ