Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

  • बिहिवार, फाल्गुण ११ २०७९

  • 422
    SHARES

  • डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत
    काठमाडौं । डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । हिजो उहाँले प्रहरी प्रधान कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाउनुभएको थियो। 
     
    प्रधान कार्यालयले गृह मन्त्रालयमा फरवार्ड गरेको उक्त राजीनामा पत्र गृहमन्त्री समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज स्वीकृत गर्नुभएको हो। 
     
    डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिनुभएको हो। २०४२ जेठ २२ मा जारी उहाँको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ । 
     
    शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख भएको पाइएपछि उहाँ विवादमा तानिनुभएको थियो। 


    बिहिवार, फाल्गुण ११ २०७९०५:२४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij