Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

  • आइतवार, फाल्गुण १४ २०७९

  • 528
    SHARES

  • राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ ।

    सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताउनुभयो ।

    उहाँका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल छ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।

    फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन ।

    केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्नेछ । यस्तै चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने अर्यालको भनाइ छ ।


    आइतवार, फाल्गुण १४ २०७९०१:०६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij