Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको निर्देशनमा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रद्द

प्रधानमन्त्रीको निर्देशनमा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रद्द

  • आइतवार, फाल्गुण १४ २०७९

  • 706
    SHARES

  • प्रधानमन्त्रीको निर्देशनमा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण रद्द
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोक्नुभएको छ । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार(आज) साँझ जेनेभा जानुअघि प्रधानमन्त्री प्रचण्डले भ्रमण रोक्नुभएको हो।
     
    प्रधानमन्त्री प्रचण्डले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजानु भन्नुभएको छ । त्यसैले नजान लागेको हो,’ परराष्ट्रमन्त्री पौड्याललाई उद्धृत गर्दै उहाँका प्रेस विज्ञ यशोदा अधिकारीले भन्नुभयो । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाउनुभएको हो ।
     
    परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लाग्नुभएको थियो। उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।
     
    मन्त्री पौड्यालले आज दिउँसो मात्रै पत्रकार सम्मेलन गरेर परिषद्को ५२ औं सत्रमा नेपालले हालसम्म गरेको उपलब्धिहरू र भएका कामहरूको बारेमा परिषद्को सत्रमा राख्ने र विश्वलाई नै जानकारी दिनुभएको बताउनुभएको थियो । उहाँले मन्त्रिपरिषद्कै निर्णयमा आफू जान लागेको र नजान भने त्यसपछि अर्को निर्णय गर्ने बताउनुभएको थियो ।
     
    मन्त्री पौड्याल नगएपछि अब मन्त्रालयबाट परराष्ट्रकै अधिकारीहरूले नेतृत्व गरेर जेनेभा जाने छन् ।


    आइतवार, फाल्गुण १४ २०७९०६:४२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij