Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

मेसीले पुरा गरे ७ सय औं गोल, बने फिफा दी बेस्ट अवार्डको दाबेदार

मेसीले पुरा गरे ७ सय औं गोल, बने फिफा दी बेस्ट अवार्डको दाबेदार

  • सोमवार, फाल्गुण १५ २०७९

  • 321
    SHARES

  • मेसीले पुरा गरे ७ सय औं गोल, बने फिफा दी बेस्ट अवार्डको दाबेदार

    काठमाडौं। फुटबलर लिओनल मेसीले क्लब करियरको ७ सय औं गोल पूरा गरेका छन्। गएराति फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले दोस्रो स्थानको मार्सेलाई ३ शुन्यले पराजित गर्दा मेसीले उक्त कोशेढुंगा पूरा गरे।

    पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे। एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। मेसीले २९औं मिनेटमा अग्रता दोब्बर पारे। एमबाप्पेले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा पीएसजीका लागि तेस्रो गोल गरे।

    यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ। मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने। मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन्। उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए।

    यस्तै ३५ वर्षीय मेसीले आज हुने फिफा दी बेस्ट अवार्डमा समेत मेसी दाबेदारको रुपमा छन् ।मेसीले बार्सिलोनामा ३५ उपाधि जितेका थिए भने कीर्तिमानी ७ पटक बालोन डे ओर अवार्डसमेत जितेका छन्।


    सोमवार, फाल्गुण १५ २०७९०६:५२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij