काठमाडौं । वरिष्ठ लोक गायक तथा सर्जक कुमार बस्नेतलाई कालिभक्त पन्त नेपाली लोक साहित्य अन्तराष्ट्रिय पुरस्कनरद्वारा सम्मान नगरिएको छ ।
हिजो सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कालिभक्त–कृष्ण पन्त स्मृति प्रतिष्ठान नेपालले गायक बस्नेतलाई रु. एक लाख नगदसहित सम्मान गरेको हो ।
उक्त सम्मान प्रत्येक वर्ष हरेक विधामा योग्दान पु¥याएका व्यक्तिलाई दिइदै आईएको छ । यो वर्ष भने गायक बस्नेतलाई दिइएको हो ।
साथै उक्त कार्यक्रममा नेपाली रेडियो नेटवर्ककी लोकदोहोरी कार्यक्रम प्रस्तोता कल्पना रेग्मीलाई नेपाली लोकसंगीत सम्बन्धित पुस्तक पनि प्रदान गरिएको छ ।
