काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै देशभर संक्रमणबाट हालसम्म निधन हुनेको संख्या चार सय एक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातजना महिला र चारा पुरुषको निधन भएको हो ।
मृत्यु हुनेमा ललितपुरका दुई महिला र एक पुरुष गरी तीनजना, काठमाडौंका एक महिला र एक पुरुष गरी दुईजना, मोरङ, रौतहट, सर्लाही, मकवानपुरका एक–एक महिला रहेका छन् । त्यसैगरी, बाँके र रुपन्देहीका एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।