Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार र निजी क्षेत्रबीच वित्तीय अवस्थाबारे छलफल सुरू

सरकार र निजी क्षेत्रबीच वित्तीय अवस्थाबारे छलफल सुरू

  • आइतवार, फाल्गुण २१ २०७९

  • 424
    SHARES

  • सरकार र निजी क्षेत्रबीच वित्तीय अवस्थाबारे छलफल सुरू

    काठमाडौं । मुलुकको पछिल्लो वित्तीय अवस्था, चुनौती र संकटबारे सरकारले बोलाएको छलफल सिंहदरबारमा सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको छलफलमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रका उद्योगी व्यवसायीका प्रतिनिधिहरू सहभागी छन् ।

    बैठकमा मुलुकको पछिल्लो वित्तीय अवस्थाबारे छलफल हुने र समस्या पहिचान गरेर समाधानका लागि एकीकृत पहल गर्ने बारेमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले अध्यक्षता गरेको बैठकमा सरकारकोतर्फबाट मुख्य सचिव शंकरदास वैरागी, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका अधिकारीहरू सहभागी छन् ।

    यस्तै निजी क्षेत्रकोतर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु अग्रवाल र नेपाल चेम्बरअर्फ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल लगायत बैठकमा सहभागी छन् ।


    आइतवार, फाल्गुण २१ २०७९०२:५३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij