Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चलचित्र ‘छक्का पञ्जा ४’ को भिडिओ क्लिपहरु भाइरल भएपछि साइबर ब्यूरोमा उजुरी

चलचित्र ‘छक्का पञ्जा ४’ को भिडिओ क्लिपहरु भाइरल भएपछि साइबर ब्यूरोमा उजुरी

  • आइतवार, फाल्गुण २१ २०७९

  • 675
    SHARES

  • चलचित्र ‘छक्का पञ्जा ४’ को भिडिओ क्लिपहरु भाइरल भएपछि साइबर ब्यूरोमा उजुरी

    काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को भिडिओ क्लिपहरु सामाजिक सञ्जालमा एकाएक बाहिरिन थालेपछि ओएसआर डिजिटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक ओम अग्रवालले साइबर ब्युरोमा उजुरी दिएका छन् ।

    यस चलचित्रको डिजिटल अधिकार ओएसआरसँग छ । चलचित्रका क्लिपहरू टिकटकमा सार्वजनिक हुन थालेपछि ओएसआरले प्रहरी गुहारेको हो ।

    चलचित्रको अधिकांश दृश्य सामाजिक सञ्जालमा देखिएको भन्दै उजुरी परेको साइबर ब्युरोका प्रवक्ता पशुपति रायले बताएका छन् ।

    ‘कसले अपलोड गरेको रहेछ भनेर पहिचान गरिदिन निवेदन दिन आउनुभएको थियो,’ उनले भने । उनले प्रतलिपि अधिकार हनन्सम्बन्धी विषय रहेकाले यस्तो मुद्दा साइबर ब्युरोले नहेर्ने बताए ।

    ‘हामीले प्राविधिकरूपमा हेर्ने कुरा बेग्लै हो तर मुद्दा भने काठमाडौं प्रहरी परिसरजस्ता युनिटले हेर्छन’, रायको भनाइ छ ।

    यही फागुन १९ बाट देशभर लागेको चलचित्र ‘छक्कापञ्जा ४ ’ ले सुरुको दिनमा ५० प्रतिशतमात्र अकुपेन्सी आगेटेका हलहरूमा समेत अहिले चलचित्र हाउसफुल छ ।

    चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।


    आइतवार, फाल्गुण २१ २०७९०४:३८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij