काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/०७९मा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ ।
प्रधानमन्त्री तथा अर्थमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार(आज) राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सरकारको उपलब्धिसहितको वार्षिक प्रतिवेदन बुझाउनुभएको हो ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले राजीनामा बुझाएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रचण्डले लिनुभएको छ।
कार्यक्रममा सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।