Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डविरुद्ध सर्वोच्चले मुद्दा दर्ता गर्नु भनी आदेश दिएसँगै राजनीतिक वृत्तमा हलचल (खास खबर)

प्रचण्डविरुद्ध सर्वोच्चले मुद्दा दर्ता गर्नु भनी आदेश दिएसँगै राजनीतिक वृत्तमा हलचल (खास खबर)

सही निरूपण नभए जुगौजुग पोल्ने द्वन्द्वविज्ञको दाबी
  • आइतवार, फाल्गुण २१ २०७९

  • 879
    SHARES

  • प्रचण्डविरुद्ध सर्वोच्चले मुद्दा दर्ता गर्नु भनी आदेश दिएसँगै राजनीतिक वृत्तमा हलचल (खास खबर)
    काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेशपछि सत्ता गठबन्धनमै हलचल पैदा भएको छ । गत कात्तिकमा अधिवक्ता ज्ञानेन्द्रराज आरण र जितेन्द्र मोक्तानले सशस्त्र द्वन्द्व कालमा मारिएका १७ हजार नागरिकमध्ये ५ हजारको जिम्मा लिन्छु भनी प्रचण्डले स्वीकारेको भन्दै हत्या अभियोगमा पक्राउ गरी मुद्दा चलाउन माग गर्दै रिट निवेदन दिएका थिए । २०७६ साल माघ १ टुँडिखेलको माघी विशेष कार्यक्रममा प्रचण्डले ५ हजार मारेको जिम्मा आफूले लिएका थिए । 
     
    सर्वोच्चको आदेशपछि माओवादी केन्द्र पनि झस्किएको छ भने आठ दलहरू छलफलमा व्यस्त रहेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै रिट दर्ता गर्ने सर्वोच्चको आदेशलाई १० वर्षे माओवादी जनयुद्ध र २०६२–०६३ मा भएको जनआन्दोलन, संविधान सभाको निर्वाचन, संविधान सभाबाट निर्मित धर्मनिरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक आधारभूत संरचना सहितको वर्तमान नेपालको संविधानविरुद्धका गतिविधिको रुपमा अर्थ्याइएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि बहालवाला प्रधानमन्त्रीलाई जिस्क्याइएको भन्दै पूर्व माओवादीहरू एक हुन आग्रह गर्नुभएको छ । साथै वामपन्थी नेता एकराज भण्डारीले पनि सशस्त्र द्वन्द्वमा मारिएकाको आफूले जिम्मेवारी लिने र जेल जाने जिकिर गर्नुभएको छ । 
     
    अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चलेको द्वन्द्वमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर गरिएको छ । रिट हाल्ने आरण द्वन्द्वपीडित हुन् । यता, द्वन्द्वविज्ञ विष्णुराज उप्रेतीले द्वन्द्वको घाउ समयमा निरूपण गर्न नसके यसले जुगौ जुगसम्म पोल्ने बताउनुभयो । 
     
    ओखलढुङ्गाका आरणले द्वन्द्व कालमा आफ्ना पिता गुमाएका थिए । द्वन्द्वकालको सबै नेतृत्व प्रचण्डले गरेको बताउँदै आरणले त्यस समयमा मानव अधिकार हननको आरोप लागेका उनीसहित अन्य सम्पूर्ण व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने दाबी गर्दै रिट हालेका हुन् । 
     


    आइतवार, फाल्गुण २१ २०७९०८:२१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij