काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ १५ पैसा र बिक्री दर १३९ रुपैयाँ ७८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ५६ पैसा र बिक्री दर १५८ रुपैयाँ २९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?