Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इमरानले गरेका भाषण पाकिस्तानी टेलिभिजनमा प्रसारण बन्द

इमरानले गरेका भाषण पाकिस्तानी टेलिभिजनमा प्रसारण बन्द

  • सोमवार, फाल्गुण २२ २०७९

  • 503
    SHARES

  • इमरानले गरेका भाषण पाकिस्तानी टेलिभिजनमा प्रसारण बन्द

    काठमाडौं । पाकिस्तानी सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ ।

    पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्रधानमन्त्रीले राज्यका संस्थाहरूमा आक्रमण गरेको र घृणालाई बढावा दिएको आरोप लगाउँदै टेलिभिजनहरुलाई उनका भनाइ प्रसारण गर्नबाट रोकेको हो ।

    ‘खानले आफ्ना उत्तेजक बयानहरू मार्फत राज्य संस्था र अधिकारीहरू विरुद्ध निराधार आरोपहरू र घृणापूर्ण भाषण फैलाउँदै थिए’, अथोरिटीले सूचनामा भनेको छ, ‘जुन कानून र व्यवस्था लागि प्रतिकूल छ र सार्वजनिक शान्ति सुव्यवस्थालाई खलल पार्न सक्छ ।’

    आइतरबार पूर्वी शहर लाहोरमा गरेको संबोधनमा खानले पोहोर आफूलाई सत्ताबाट हटाउनुमा पूर्व सेना प्रमुख जनरल कमर जावेद बाजवाको हात रहेको आरोप लगाएका थिए ।

    पूर्व क्रिकेटरसमेत रहेका खानलाई इस्लामावादबाट प्रहरीले भ्रष्टाचारको मुद्दामा पक्राउ गर्ने प्रयास गरेपछि उनी सरकारप्रति आक्रामक बनेका छन् । आफूमाथि लागेको अनियमितताका आरोप उनले अस्वीकार गर्दै आएका छन् ।

    प्रधानमन्त्री पद गुमाएपछि राष्ट्रिय चुनावको माग गर्दै खानले ठूला ठूला सभा गर्न थालेपछि अथोरिटीले यसअघि पनि टिभी च्यानललाई उनको बयान प्रसारण गर्न प्रतिबन्ध लगाएको थियो ।

     


    सोमवार, फाल्गुण २२ २०७९०५:२१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij