Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

कोरोनाको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

  • आइतवार, आश्विन ४ २०७७

  • 867
    SHARES

  • कोरोनाको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

    काठमाडौं । कोरोनाको संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नंं। २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

    योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत भदौ २० गते साँझ अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

    प्लाज्मा थेरापीबाट उपचार गरिएका उनको अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

    उनमा दुवैतिरको फोक्सोमा निमोनिया देखिएको श्रेष्ठले बताए ।


    आइतवार, आश्विन ४ २०७७०८:०९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij