Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुरक्षा पन्त र मानव सुवेदी बाँधिए

सुरक्षा पन्त र मानव सुवेदी बाँधिए

  • बिहिवार, फाल्गुण २५ २०७९

  • 619
    SHARES

  • सुरक्षा पन्त र मानव सुवेदी बाँधिए

    काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् ।

    आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।

    तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।

    कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । यी दुईले विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका छन् ।

     


    बिहिवार, फाल्गुण २५ २०७९०२:३४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij