काठमाडौं । राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका सांसद गोविन्द न्यौपाने स्वास्थ्यस्थित बुझ्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुग्नुभएको छ ।
सप्तरी प्रदेश सभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११ः३८ बजेको आसपासमा चिप्लिएर लड्नुभएको थियो ।
उहाँको टाउको चोट लागेको छ । चिकित्सकहरूले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।