Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्तागठबन्धनले टुंग्याउन सकेन उपराष्ट्रपतिको उम्मेदवार

सत्तागठबन्धनले टुंग्याउन सकेन उपराष्ट्रपतिको उम्मेदवार

  • आइतवार, फाल्गुण २८ २०७९

  • 519
    SHARES

  • सत्तागठबन्धनले टुंग्याउन सकेन उपराष्ट्रपतिको उम्मेदवार

    काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक जारी छ । बैठक सिंहदरबारमा बसिरहेको छ ।

    सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने प्रयासमा दलहरु सक्रिय छन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

     


    आइतवार, फाल्गुण २८ २०७९०१:४९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij