काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताउनु भएको छ ।
आज पद्योदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूणर् समस्याहरू एकमुष्टरूपमा सम्बोधन गर्न लागेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभइ देशको समृद्धि र विकासको सबैभन्दा महत्त्वपूणर् पक्ष हो। आज पनि विकसित देशहरूले सबैभन्दा ठूलो प्राथमिकतामा शिक्षा राखेका छन्।
शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डले बताउनु भएको छ ।