काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निणर्य गरेको छ ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको आज बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निणर्य लिएको हो ।
रास्वपा सांसद सोबिता गौतमका अनुसार यसअघी प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मतलाई निरन्तरता दिने निणर्य गरेको हो ।
’मुद्दाको आधारमा सरकारलाई दिएको समर्थन जारी राख्ने र विश्वासको मत दिने निणर्य भएको छ,’ उहाँको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमा गएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नु भएको हो । रास्वपाले सरकारमा सहभागिताबारे भने केही निणर्य गरेको छैन ।