Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आयोगद्वारा राष्ट्रपतिसमक्ष उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस

आयोगद्वारा राष्ट्रपतिसमक्ष उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस

  • आइतवार, चैत्र ५ २०७९

  • 402
    SHARES

  • आयोगद्वारा राष्ट्रपतिसमक्ष उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन पेस
    काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आइतबार(आज) राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
     
    राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो । 
     
    उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ को धारा २४६ मा संविधान र संघीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 
     
    सो अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचन सम्पन्न गराउने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको थियो ।


    आइतवार, चैत्र ५ २०७९०५:४४:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij