सुजन प्रेमी, बागलुङ । बागलुङमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ढोरपाटन नगरपालिका १ र ४ का १४ जनामा संक्रमण पुष्टि भएको हो ।
ढोरपाटन नगरपालिका वडा नं १ का ६ जना पुरूष र ७ जना महिला गरी १३ जना र ४ नम्बर वडाका १ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्मा जानकारी दिनुभयो ।
६९ जनाको पिसिआर परीरक्षण गरिएकोमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
