Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा एसबाट भुसालको नेतृत्वमा यी अनुहार मन्त्री बन्दै

नेकपा एसबाट भुसालको नेतृत्वमा यी अनुहार मन्त्री बन्दै

  • आइतवार, चैत्र १२ २०७९

  • 1.5K
    SHARES

  • नेकपा एसबाट भुसालको नेतृत्वमा यी अनुहार मन्त्री बन्दै

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले यसअघि मन्त्री र मुख्यमन्त्री भएकाहरूलाई यो पटक मन्त्री नबनाउने नीति लिएको छ ।

    अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदलमा भएको प्रारम्भिक छलफलमा पहिला मन्त्री र मुख्यमन्त्री भएका बाहेकबाट यो पटक मन्त्री बनाउने गरी छलफल भएको अध्यक्ष माधव नेपाल निकट स्रोतको दाबी छ ।

    चैत ७ गते बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागिताबारे सबै निर्णय गर्न अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

    महासचिव भुसालले सरकारमा सहभागी हुने मन्त्रीका लागि निश्चित मापदण्ड बनाउने तयारी भएको भन्दै यसअघि अवसर नपाएका तर जनताको काम गर्न सक्नेलाई प्राथमिकता दिने तयारी भएको बताए । नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक भएको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।

    सोही आधारमा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा पठाउने नेताहरूको नाम तय गर्नेछ । प्रतिनिधिसभामा १० जना सांसद रहेको एकीकृत समाजवादीमा अध्यक्ष नेपालबाहेक नौ जना नै मन्त्रीका लागि आकांक्षी छन् । यसअघि किसान श्रेष्ठ, मेटमणि चौधरी, प्रेम आले, शेरबहादुर कुँवर मन्त्री भइसकेकाले उनीहरुले यो पटक मन्त्रीका लागि अवसर नपाउने बताइएको छ ।

    त्यस्तै राजेन्द्र पाण्डे यसअघि मुख्यमन्त्री भएकाले उहाँको पनि मन्त्री बन्ने सम्भावना टरेको छ । अध्यक्ष नेपालले हालै महासचिवबाट उपाध्यक्षको जिम्मेवारी पाएका डा. बेदुराम भुसालको नेतृत्वमा अन्य दुई जनालाई मन्त्री बनाउन सकिने सङ्केत गर्नुभएको छ। राष्ट्रियसभा सदस्य समेत रहनुभएका उपाध्यक्ष डा. बेदुराम भुसालसहित प्रकाश ज्वाला, भानुभक्त जोशी र धनबहादुर बुढाको सम्भावना बढी छ ।


    आइतवार, चैत्र १२ २०७९०१:५३:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij