Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

 प्रतिनिधि सभा बैठक : शून्य समय कसले के बोले?

 प्रतिनिधि सभा बैठक : शून्य समय कसले के बोले?

  • बुधवार, चैत्र १५ २०७९

  • 713
    SHARES

  •  प्रतिनिधि सभा बैठक : शून्य समय कसले के बोले?
    काठमाडौं ।  प्रतिनिधि सभाको बुधबार(आज)को बैठकको शून्य समयमा सांसदहरूले  मिटरब्याजी समस्यादेखि नागरिकतासम्मको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
     
    प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताउनुभएको छ।  शून्य समयमा बोल्दै  सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताउनुभएको हो। 
     
    उहाँले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको बताउनुभयो । उहाँले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताउनुभयो ।  सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गर्नुभयो । 
     
    प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले नुवाकोटको मेकाङ भन्ने ठाउँमा राष्ट्रिय तामाङ सङ्ग्रहालय बनाउन माग गर्नुभयो । 
     
    यसैगरी अर्का प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीले देशमा व्यापारीहरूलाई व्यापार घाटा भइरहेको बेलामा बैंकहरूले भने मुनाफा कमाइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । 
     
    यस्तै प्रतिनिधि सभा सदस्य असीम शाहले एक महिनादेखि मन्त्रालयहरू मन्त्री विहीन भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नेताहरूले गरिरहेको भागबन्डालाई जनताले नियालिरहेको उल्लेख गर्नुभयो। 
     
    यसैगरी प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सरकारले बुढी गण्डकी जलविद्युत आयोजनामा ठुलो रकम रकमान्तर गरेर योजनालाई नै अन्योलतर्फ धकेल्ने काम गरेको बताउनुभयो । 
     
    प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकता सम्बन्धी कानुन संसद्को यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो बिचमा समझदारी भइसकेको जन्मसिद्धका सन्तानहरूले संविधानतः नागरिकता पाउनुपर्ने कुरालाई कार्यान्वयन गर्न आमाको नाममा नागरिकता पाउनुपर्ने विषयहरूलाई कार्यान्वयन गर्ने सन्दर्भ जसमा हामी एकमत छौँ । ती विषयहरूलाई मात्र समेटेर भए पनि सरकारलाई अविलम्ब संसदबाट पारित गर्ने गरीकन नागरिकता सम्बन्धी कानुन यही सदनमा, यही सत्रमा टेबल गर्नका लागि म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
     
    उहाँले राजनीतिक दलहरूका बिचमा सहमति भइसकेका विषयहरूलाई समेटेर नेपाली बाबुआमाबाट जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्ने बताउनुभयो ।


    बुधवार, चैत्र १५ २०७९०४:२५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij