काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगमा सफाइ दिने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ ।
न्यायाधीश हरि फुयालको इजलासमा सुरु भएको सुनुवाइका लागि एक घण्टा समय तोकिएको छ ।
न्यायाधीश फुयालद्धारा निवेदनका लागि ४५ मिनेट र प्रतिवादीकातर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता सुनिल पोखरेललाई १५ मिनेट तोकिएको छ ।
रिटको पक्षमा सुरुवाती बहस अधिवक्ता राधिका खतिवडाले थाल्नुभएको छ ।