Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रविविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश आउदै

रविविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश आउदै

  • बुधवार, चैत्र २२ २०७९

  • 1.0K
    SHARES

  • रविविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश आउदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ ।

    राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज पेशी तोकिएको थियो । सुनुवाइ सकिएकाले आजै आदेश आउने तयारी छ ।

    सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।

    हिजो न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी उहाँले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो ।

    सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।


    बुधवार, चैत्र २२ २०७९०४:१४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij