Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिंगो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ : माधव नेपाल

सिंगो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ : माधव नेपाल

  • बिहिवार, चैत्र २३ २०७९

  • 536
    SHARES

  • सिंगो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ : माधव नेपाल
    काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यकता रहेको बताउनुभएको छ ।
     
    जसपा अध्यक्ष एवं बारा–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यादवको निर्वाचन क्षेत्र पुगेर बिहीबार(आज) अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको औंल्याउनुभएको हो ।
     
    बारा–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका जसपा अध्यक्ष यादवको पक्षमा माहौल बनाउन नेपाल हिजो साँझ कलैया पुग्नुभएको थियो। बारा–२ को चुनावी मैदानमा रहनुभएका यादवसँगको भेटमा नेपालले गठबन्धनको जित सुनिश्चित रहेको दाबी समेत गर्नुभएको छ। 
     
    ‘सिंगो देश र संसद्लाई उपेन्द्र यादवको खाँचो छ। त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्यधिक मत दिएर विजयी गराउन नेकपा एसको पार्टी पंक्ति एवं सिंगो बारा बासीलाई आग्रह गर्दछु,’ उहाँले भन्नुभयो। 
     
    नेपालको राजनीतिक परिवर्तनका लागि महत्त्वपूर्ण मानिएको लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयताजस्ता महत्त्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरूको समयानुकूल विकास गर्न संसद्मा यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गर्नुभयो


    बिहिवार, चैत्र २३ २०७९०२:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij