Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाराको विकास गर्ने हाम्रो जिम्मा, जातीयताबाट माथि उठ्नुहोस् : रवि लामिछाने

बाराको विकास गर्ने हाम्रो जिम्मा, जातीयताबाट माथि उठ्नुहोस् : रवि लामिछाने

  • आइतवार, चैत्र २६ २०७९

  • 543
    SHARES

  • बाराको विकास  गर्ने हाम्रो जिम्मा, जातीयताबाट माथि उठ्नुहोस् : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसमा जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई दलहरूले मागी खाने भाँडो बनाएको आरोप लगाउनुभएको छ ।

    आइतबार बाराको सिमरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सो कुरा बताउनुभएको हो। काठमाडौवासीले बालेन शाहलाई अत्यधिक मतले विजयी बनाएको उदाहरण दिँदै उहाँले अब दलहरूले जातियता, क्षेत्रीयता र साम्प्रदायिकतालाई मागी खाने भाँडो बनाउन नहुने बताउनुभयो ।

    ‘नयाँ पुस्ताले अब नेतृत्व कस्तो मान्छेको हुने हो भन्ने हेर्छ, स्थानीय निर्वाचन हो भने त्यही वडाको मान्छे चाहिने होला, हामी वडाध्यक्ष चुनिरहेका छैनौ सांसद चुनिरहेका छौ, त्यसैले राष्ट्रिय स्तरको उम्मेदवार हामीले उठाएका हौँ’ सभापति लामिछानेले भन्नुभयो ‘अब राजनीति गर्ने मान्छेहरूले जातियता, साम्प्रदायिकता र क्षेत्रीयतालाई धेरै मागी खाने भाँडो बनाउन हुँदैन यो कुरा नेपाली नागरिकहरूले बुझिसकेका छन् ।’

    सभापति लामिछानेले मधेसमा काम गर्ने राष्ट्रिय स्तरको उम्मेदवार आवश्यक भएकाले पार्टीले रमेश खरेललाई उठाएको बताउनुभयो । ‘स्थानीय चुनाव हो भने त्यही वडाको मान्छे चाहिने होला, तर हामीले सांसद चुनिरहेका छौ सांसद चुनिसकेपछि यो भन्दा माथि उठ्नुपर्छ’ उहाँले भन्नुभयो, ‘निर्वाचन उठेका हाम्रा उम्मेदवारहरू विषय विज्ञ छन्, निर्वाचित भएर गइसकेपछि संसद्मा हाम्रा सांसदहरूको संसदीय अभ्यास विरलै देखिएको अभ्यास छ, हाम्रो पार्टी भित्र टिके प्रणाली छैन कुनै पनि क्षमतावान् मान्छेलाई अगाडि बढ्न ठुलो नेताले रोक्न सक्दैन’

    राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नं २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुनु वा बाहिरको हुनुले खास फरक नपर्ने लामिछानेको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज दिउँसो ३ बजे बारा २ मा चुनावी सभा आयोजना गरेको छ ।

    चुनावी सभामा भाग लिन सो पार्टीका सभापति सहित केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुन् ।


    आइतवार, चैत्र २६ २०७९१२:५३:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij