Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

  • आइतवार, चैत्र २६ २०७९

  • 547
    SHARES

  • मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

    काठमाडौं । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच वार्ता निष्कर्ष विहीन भएको छ ।

    गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको टोली पीडितहरु बसेको माइतीघरस्थित शान्ति बाटिका पुगेर वार्ता गरेपनि निष्कर्ष विहीन भएको हो ।

    सरकारी टोलीमाझ पीडितहरुले ६ बुँदे माग अघि सारेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका तर्फबाट अघि सारिएका मागहरुमा मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत (तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन (छिनुवा) पास, कतिपय अवस्थामा चेक समेत आदि) मन्त्रीपरिषदस्तरीय निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, कानुन मन्त्रालयमा अड्किएको ’मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल’ ले सिफारिस गरेको कानुनी मस्यौदा तत्काल संघर्ष समिति र पीडितको जानकारीमा ल्याउनुपर्ने लगायत छन् ।

    यस्तै भोलि (सोमबार) पुनः वार्ता हुने भएको छ ।

     


    आइतवार, चैत्र २६ २०७९०६:१३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij